रु खको टुप्पामा हॉसिरहेको फलले जीवन संघर्स हो भन्ने दर्सन प्रस्ट गर्छ, आभिरल बग्ने खोलाले बोध गराउछ की जीवन अनन्त यात्रा हो | प्रकृतिले उदारतासाथ हृदय खोलेर जीवनदर्शनको पाठ सिकाईरहेको हुन्छ, हामी मान्छे नै आसफल हुन्छौ प्रकृतिको भाषा बुझ्न | सुनगाभा संग नजीकिनु छ भने धैरत्या र हिम्मतलाई संगालेर आगाडी बढ्नु पर्छ | एकतर्फी प्रेम र प्राणघाती सुनगाभाको फुलमा म बिल्कुलै कुनै भिन्नता पाउदिन | हामीले देखेका छौ सुनगाभाले आफुसंग प्रेम जताउन आउने भमरालाई कसरि हात खोलेर स्वागत गर्छे, कस्तो कलात्मक ढङ्गले आफ्ना कोमलतामा लटपट पारेर फकाउॅछे | बिचार भमरालाई के था, त्यो कोमलता भित्र लुकेको कठोर यथार्थ | जब सुनगाभाको कोखभित्र नीसास्सीएर सास घटीमा अडकेको हुन्छ, तब भमराको मनमा एउटा प्रस्न उठ्छ, “ यो कस्तो प्रेमको आस देखाई सुनगाभाले मलाइ ?” | यसमा सुनगाभाको पनि के गल्ति, यसले पनि आफ्नो मर्यादा बिपरित जान सक्दीन, प्राकृतीसंग बिध्रोह गरेर भमरालाई जीउदै छोडन् सक्दिन | पुतली आएर होमिन्छ भनेर आगो आफ्नो बाल्ने धर्मबाट कहाँ बीमुख हुन्छ र? कोहि जानाजान आगोमा हमफालेर मर्छ भने तेस्तलाई बि...