Skip to main content

चरीको हत्या

रुखको टुप्पामा हॉसिरहेको फलले जीवन संघर्स हो भन्ने दर्सन प्रस्ट गर्छ, आभिरल बग्ने खोलाले बोध गराउछ की जीवन अनन्त यात्रा हो | प्रकृतिले उदारतासाथ हृदय खोलेर जीवनदर्शनको  पाठ सिकाईरहेको हुन्छ, हामी मान्छे नै आसफल हुन्छौ प्रकृतिको भाषा बुझ्न |

सुनगाभा संग नजीकिनु छ भने धैरत्या र हिम्मतलाई संगालेर आगाडी बढ्नु पर्छ | एकतर्फी प्रेम र प्राणघाती सुनगाभाको फुलमा म बिल्कुलै कुनै भिन्नता पाउदिन | हामीले देखेका छौ सुनगाभाले आफुसंग प्रेम जताउन आउने भमरालाई कसरि हात खोलेर स्वागत गर्छे, कस्तो कलात्मक ढङ्गले आफ्ना कोमलतामा लटपट पारेर फकाउॅछे  | बिचार भमरालाई के था, त्यो कोमलता भित्र लुकेको कठोर यथार्थ | जब सुनगाभाको कोखभित्र नीसास्सीएर सास घटीमा अडकेको हुन्छ, तब भमराको मनमा एउटा प्रस्न उठ्छ, “ यो कस्तो प्रेमको आस देखाई सुनगाभाले मलाइ ?” | यसमा सुनगाभाको पनि के गल्ति, यसले पनि आफ्नो मर्यादा बिपरित जान सक्दीन, प्राकृतीसंग बिध्रोह गरेर भमरालाई जीउदै छोडन् सक्दिन | पुतली आएर होमिन्छ भनेर आगो आफ्नो बाल्ने धर्मबाट कहाँ बीमुख हुन्छ र? कोहि जानाजान आगोमा हमफालेर मर्छ भने तेस्तलाई बिचार कठैबरा हैन, मुर्ख भनिन्छ, बुद्धिहीन मुर्ख |  सुनगाभाले कुनै भमरालाई प्रेम गर्दिन , न त घृणा नै गर्छे | यसले त बस आफ्नो अस्तीत्वको सार्थकता देखाऊन मारीदिन्छे आफ्ना वरिपरी आउने केहि मुर्ख भमराहरुलाई, या भनौ यसको आस्तीत्वको सार्थकता कायम गर्दिन आएर मर्छन केहि भमराहरु |    

 योनहवसलाई प्रेमको संज्ञा दिने भलाद्मीहरु उठेका पुस्ट छाती र रसिला ओठको कल्पनामै प्रेम आभिसेक गर्छन , जिन्दगी बाच्ने हिम्मत नभएका केहि मनहरु पागलपनलाई प्रेम मानेर आफ्नै मुर्खताको दाहमा जवानी डुबाउछन् , केहि यस्तापनि हुन्छन जसले प्रेमको परिभाषालाई नै चुनौती दीएर आफुले प्रेम गरेको दाबी गर्छन, प्राप्तिलाई प्रेम भनठान्छन्  |

ओस्कार वाएल्डको प्रख्यात भनाइ छ , “Each man kills a thing he love सुन्दा आचम्म लाग्थ्यो, के भन्न खोजेको होला ? आफुले माया गर्ने चिजलाई पनि कसैले मार्छ र ? आज यहि कठोर यथार्थामा आफै पछारीएपछि आत्माबोध हुन्छ, प्रेमको पराकाष्ट्र त्याग रहेछ, मायाको हत्या रहेछ |

उ चिरबिर चिरबिर गरि कराउदै थीइ, भन्दै थीइ “मलाई नमार” कसरि नमारौ? मलाई उसको यतिबिग्न माया लाग्छ | योनतृष्णाले बौलाएको पागल प्रेमी भएको भए सपनामै उसको लोभालाग्दो शरिरलाई घटघट पीइदिन्थे तर प्रेमको त्तृष्णा सपनामा मेटीदैन रहेछ | उसको चिरबिरले म मा कुनै असर परेन, मायाले भरिएको मेरो हृदयमा देखवटि दया पलाएन, कमजोर करुणाले आँखा रसायन | मेरा हातका पन्जा उसको मसिनो कम्मर समाउन पुग्यो, म उसको पखेटा लुछ्न लागे, उसको गालाबाट दबेको स्वोरमा आर्तनादको चित्कार बहिरीदै थीयो, ‘ ची ची चिर .. च ’ उसको तड़पको आवाज सुन्न नासकेर म उसको घटी थिच्न लागे,  चिरबिरको आवाज त रोकीयो तर उ नीसास्सीएजस्तै ‘ किक क्क की क्क्क ‘ गर्न लागि | रगतम्मे शरिरका सबै पखेटा लुछीएर निराधार जमीनमा छट्पटाउदै लडीरहेकी प्रेमकी चरी म संग दयाको भिक माग्दै थीइ | सुनगाभाको फुललाई म वेबस भमराले कसरि माया गर्न सक्छु, उसलाई माया गरे मैले मर्नु पर्छ | उसका भयभित आँखाहरु, भोकएको बच्चाले खानेकुराको आसमा आमालाई हेरेजस्तै मतर्फ गाडीएका थीए, त्यो आसलाग्दो नजरले मलाई पाल्यो, तापक्रम साहन नसकी आनयासै मेरा हातहरु उसको आँखा कोट्याउन लागे, सायद फुटेछन् क्येरा, आगी उसको आँखाभरि छचल्कीरहेको आस रातो रगतसंगै बगीगयो |  साना मसिना खुट्टा फिट फिट गरि उत्तनु परेर पल्टीरहकी थीइ उ, मैले न्वारनदेखिको बल लगाएर उसका खुट्टा भाचीदीए | अब उ छट्पटाएकी छैन, छट्पटाएकी भए पनि पिडा आभीब्यक्त गर्न उसको शरिर कुनै अंग नै बाकी छैन, सबै अंगहरु लुछीएर, किचीएर, चुडीएर छरपस्ट छन्, मेरा भावना जस्तै |

एकछिनमा मेरो आँखा उसको छातिमा गएर टक्क आडीयो, छातीमा केहि हलचल बाकी थीयो, मोबाइलको भाइब्रेशन आएजस्तै छाती कमिरहेको रहेछ, त्यो बेअंग शरिरलाई हत्केलामा उठाए, तातो थीयो, मतलब   अझै जीउॅदै रहीछ | कति संगर्ष गरौ म एस्लाई मार्न, अब त हिम्मत हार्न थालीसकेको थीए, फेरी कताबाट सहस पसेछ मनमा, कमिरहेको त्यो शरिरलाई आचानोमा राखेर  टुक्क्र्याउन लागे | दाउराका चोइटा उछीटीएझैँ  उसका शरिरका टुक्रा यात्रतत्र छरीए | मन अझै सन्तुस्ट भएको थीएन, संका थीयो, हिजोअस्तिको  जस्तै यो चरी फेरी जोडीएर उड्छे की ? सधैजसो म कहिले उसका साना आँखामा रगत नजमुनजेल घाटी थिचेर त कहिले खुट्टामुनि कचक्क कुल्चेर, त कहिले उसको कोमल शरिरका अंगहरु चुडेर उसलाई मरेको हुन्छु |  रातमा गरेको यो द्रिस्टताको ह्यंगओवर राम्रोसंग उत्रीन नपाउॅधै बिहानै उ फेरी मेरो कानमा चिरबिरराउन आइपुग्छे | आज पनि यस्तै हुने हो की भन्ने अनिस्चिन्तताको  कालो बादलले मन छोप्यो, के गर्ने, कसो गर्ने, मेसो नपाएर म ती सबै टुक्राहरु बटुल्न लागेछु, मुठीभरि अटाइ मेरी प्रेमकी चरी  | सधैभन्दा पृथक आज हत्याको अर्को आध्याय पनि सिद्धि गर्ने  धेयले उसको टुक्रेको देह आगोमा होमीदीए | अग्निको स्पर्स पाउने बीतीकै लुछीएका पखेटाका टुक्रा बिस्तार खुम्चिन लागे, प्रज्वाल्लित आगोमा देह पग्लिएर क्रमस खरानीमा परिणत भयो |

अब उ मेरो कानमा चिरबिर चिरबिर कराउने छैन, समय समयमा आउने ऑधिले उसको गुड भात्काउला भन्ने डर अब मलाई हुदैन, उ आहारा नपाएर भोकी बसेकी होली भन्ने चिन्ता अब रहॅदैन, कसैको नमिठो बचनले उसको चित्त दुख्ला भनेर अब मेरो मन डराउॅदैन, चट्यांग परेको रात उ डरले नानिदाई बसेकीहोलि भन्ने तर्कनाले अब मेरो निन्द्रा बीथोलीदैन | उसको सोचको समाप्ति नै मेरो नयॉ सुरुवात हुनेछ |  

यस्तै तर्कना मनमा खेलाउॅदै बसेको थीए, आचानक पूर्व आकाशमा सुर्य उदायो | सुर्यबाट खसेको आभाको एक धर्सो त्यो खरानीको थुप्रोमा पर्ने बित्ताकै “फोनिक्स चरा ”  जस्तै उ पुन खरानीबाट उतपन्न भइ | हरेक रात म यसैगरि आफुभित्रको प्रेमकी चरीलाई मर्छु अनि हरेक दिन एउटा नयाँ चत्माकरले उसलाई जीवित बनाउॅछ |  पुन: उही पखेटा फिजाएर उ मेरो मनभरी उड्न थाल्छे | फेरी कुनैदिन ऑधि     आउछ, चत्यंग पर्छ, कसैले उसको मनमा बोलिको प्रहर गर्छ, यो सब सुनेर फेरी मेरो आन्तरमन बीचालित हुन्छ , फेरी उसको पाइला आगाडी मलाई मेरो जिन्दगी ओछयाइदिन कर लाग्छ, उसको आँसुमा आफ्नो खुसि घोलीदिन मन लाग्छ, | जब मनम उठ्छ एउत प्रश्न फेरी डर लाग्छ, ‘ जिन्दगीको भिरमा उसको पाइला लडखाडायोभने कसले थाम्छ उसको हात ?” फेरी मभित्र त्यो प्राणघाती सुनगाभाको लागि प्रेम जाग्छ | उ मलाई हात दिन तयार छैन, उसलाई इच्छा लाग्दैन रे, कसको के लाग्छ | प्रेमको बाटोमा तगारो बन्न आउने कस्तो इच्छा हो यो ? यदी उसलाई प्रेमको हात समात्ने इच्छा त छैन भने, मलाई झन् सुनगाभाको कोखमा नीसास्सीएर बस्ने इच्छा कसरि हुन सक्छ ? के मैले त्यो सुनगाभाबाट   उन्मुक्ति रोज्नु गलत थीयो ?

उ पुन, नाच्दै नाच्दै मेरो मनभरी फनफन घुम्दै छे | मैले उसलाई पहील्यै भनेको थीए, “नबन तिमि मेरी मनकी चरी, यदि मेरो प्रेमले पराकाष्ट्रको चरमसिमा पनि नाग्यो भने मैले तिम्रो सोचको चरीलाई मनभित्रै मर्नु पर्छ ” अहॅ उसले मानिन | उसले ठानी, स्वाभिमान जलाएर योनको आगो तापी कमजोर भएका अरु मनमा सुन्दरताको  बास्ना छर्दै स्वतन्त्र उडेजस्तै मेरो मनमा पनि उड्न सकिन्छ | उ कति गलत थीइ, प्रेममा मातृत्वको आभास खोज्ने मेरो मनमा उसको इस्त्रीत्वlले खीया पारेको थीएन, यसैले होला सायद मेरो पुरुसार्थको धारमा त्यो इस्त्रीभित्रको सुनगाभालाई छेडेर बाहिर निस्किने सामर्थ रहेछ |

त्यो नॉदान चरी जान्दिन, म उसका लागि मेरो गुलिओ जिन्दगी आमिल्याइरहेको हुन्छु, उसको सपना देखि मेरो निन्द्रा तर्सिएर भाग्छ, हरेकपटक उसको याद मलाई झास्काउॅन एउटा अनिस्चिन्तताको तिर हान्छ , ‘कतै उसलाई केहि भयो की’ |  उ आझै मेरो मनमा नाच्दै थीइ, उसलाई मार्ने मेरो हरेक दिनको असफल प्रयासमाथि खित्का छोडेर हॉस्दै थीइ | “हे सुनगाभा, तॅ किन बुझदिनस त्यो सुर्यबाट खसेको घामको धर्सो मेरै इच्छाशक्तिको उपज हो, मेरो मनभित्रको तेरो अस्तीत्वलाई आहारा खुवाएर पाल्ने म नै हु”  | मैले यसरि भन्दापनि उसले बुझ्नखोजीन , हॉसीमात्र रही, मेरोकुरामा सधै यसरी नै हॉस्छे उ  | मैले गरेको मायालाई मेरो कमजोरी ठानेर बेहोसीमा लठ्ठीएको सुगाझै तर्कदै उडीरहेकी उ, अपरिचित थीइ मेरो आगामी उधेस्यसंग |

पुषको चिसो साँझ ओइलाएर गोधुलीको पछाडी लुक्ने तरखरमा थीयो, प्रकृतिको रहरलाग्दो जवानीमा आफ्ना काला नजरले डाम्न उत्तेजित रात साझ डुब्ने पर्खाईमा ब्याकुल देखिन्थ्यो, एकजोडी उम्लिएका मनहरु कॉल्लामुनि आफ्नो बैंस सेलाउनमै मग्न थीए, मन्ध उज्यालोमा मत्तीएको आकाश आफ्नो सर्वाङ्ग नाङ्गो शरिर धर्तिलाई प्रदर्सन गरिरहेथ्यो | जुनको उज्जालोमा समाजलाई रतन्दो लागेको हुन्छ, नैतीकता धमिलिन्छ, अनि आन्धरोमा समयको आँखा छलेर धर्ति, आकाश, मानवता, सबै रसलिला मनाउॅछन्  आ-आफ्ना काल उधेस्यहरु पुरा गर्छन | म पनि यस्तै एउटा उधेस्यलाई आन्जम दिन तमतयार छु |बिना कुनै आवाज, एकान्तमा रीङ्गीरहेको सर्पलाई मथिबाट आएर टप्प टिपी लैजाने चिलजस्तै सतर्क भएर, मैले आन्धेरोको फाइदा उठाउदै मनको झ्याल सुटुक्क खोलिदीए, बेहोसीमा लठ्ठीएर निर्भिकतासाथ उडीरहेको उ कति बेला मेरो मनबाट बाहिरीइ उसले थाहै पाइने | मैले साहास देखाईदीऍ, म भमरा सुनगाभालाई छेडेर बाहिर निस्कीऍ |  

प्रेम कुनै चिज वा व्यक्ति हैन, यो त एउटा सोच हो | मस्तिस्कमा अनेकौ सोच घुमेजस्तै यो सोच पनि कसैको प्रतिबिम्ब बोकेकी प्रेमचरी बनेर मनै मन घुम्छे, आसको चाहारा खाएर बॉचेकी हुन्छे, जसै मनमा आस सकिन्छ उ पखेटा नापलाउॅदै गुडबाट खसेको भंगेराको बच्चासरि भोकभोकै तड्पीएर मर्छे | मारेको चरीलाई आफ्नो इच्छाशक्तिको घामले फेरी उठाउन सक्छ तर आफै मरेकी  चरी सदाकालागि निदाउॅछे | | म धारावाहीक हत्याकाण्ड गर्न पछिनहटे तापनि प्रेमको अस्तीत्व नै सकिनेगरि यसको चिता जलेको हेर्न सक्दिन | आजबाट मसंग यो प्रेमचरीलाई खुहाउने आसका दानाहरु सकिए, यसैले मनबाट उसलाई निकाल्न बाध्य भऍ |

हे चरी, म तॅलाई भोकभोकै मार्न सक्दिन, तॅ आउलिस् भन्ने आस गर्दिन, तेरो जिन्दगीको उपहास पनि गर्दिन, प्रेमको मोल म कदापी माग्ने छैन | जा चरी उडेर, म प्रेमले तॅलाई क्षमा गर्छु |   
            



Comments

Popular posts from this blog

एक पत्र– सम्पादकलाई (A letter to the Editor)

     .               .                .                    .    Original Text by Shankar Lamichhane “ एक पत्र – सम्पादकलाई ”    Translated by Biranchi Poudyal Note –   I’m looking forward for comments and reviews from readers to improve this translation. Still working on it to make it better! Mani Daju!    You have asked me to give an article for the special issue of ' Samaj , especially by critiquing journalism and particularly ' Samaj ' itself. For about two hours, I have been flipping the pages of 'Samaj' from my collection and thinking to write something. As a friend, you want me to review your work. I continued thinking for two hours, but I couldn't come up with anything worth printing. You may say that it's the right of Editor to decide the publishablity of any ...

के नेपाल सानो छ (Is Nepal Small?)

Original text by Laxmi Prasad Devkota “ के नेपाल सानो छ ”   Translated by:   Biranchi Poudyal Note –     I’m looking forward for comments and reviews from readers to improve this translation. Still working on it to make it better! Nepal! Beauteous, serene, vast! One day I wrote myself, I can't say how I got this feeling of "vastness". Go through the map of world and behold the size of Nepal.  This little droplet seems like vanishing in the ocean. This small piece looks like a small cave lying on the Himalayan mountain range. People from many countries and races may not have even heard its name.  This tiny lovely slice of earth existing like a green capital of peace tends to hide itself than exposing its treasure to the outer world.  It adores solitude. It's more interested in enjoying the icecap of knowledge and wisdom than taking part in scorching struggles of the world. Despite some curiosity in modernity, it's the worshipper ...

Sayonara

          T he village stretched before me like an animated portrayal of rural houses featured in cartoons, knitted together by the stitching of green bush and stone craved pathways. It felt as if the vast wave of grassland is dotted with colourful houses, farms and animals. This place appears so divine as always. The narrow boulevard drifts like rustic brown metal, ancient and broken with age. On each side, small houses were parted by yards wide enough to hold the movement of cows and goat folks.   The traditional home-design looked typically identical in shape but no two had same coloured roofing. They were either zinced or tiled in red, grey, blue and even brown like the ground. Most houses were not only a resident but have been capitalized by village entrepreneurs. Many ground floors were vending homemade liquor and duck’s sukuti, followed by other vegetable shops, fruit stalls, Panipuri/Chatpate and some grocers retailin...