आमा, भोलि म युद्मामा जादै छु
बाचा गर्छु तपाइको दीयो निभ्दैन
आघिल्लो चिठीमा भन्नुभएको थीयो,
“छानो चुहीयेको छ ” भनेर
अब आउदा म बलियो छत लीएर आउने छु |
साहुको ऋणमा घर डुब्न लग्यो भन्ने सुनेको थीए
म जिन्दगीको बगरमा रहेको डुंगा लीएर आउने छु
बिदेस गएर पढ्ने भाईको सपना थीयो,
म सपना किन्ने सामर्थ लीएर आउने छु
बहिनीको बीहे गर्ने उमेर भयो भन्नुभएको थीयो
अब आउदा म, जग्गे गाड्ने आँगन लीएर आउने छु |
कुरुक्षेत्रमै कतै म पोखिए भने
तपाईको आँखा बाट आँसु बानेर आउने छु
आमा ,म आवश्य आउने छु ||

Comments
Post a Comment