भिन्नता कहाँनेर देख्छौ
तिमि ?
तिम्रो र मेरो माथिको आकाश एउटै
छ
कुन सिमानाले हामीलाई आलग
बनायो ?
तिमीलाई र मलाई छोएर जाने
हावा एउटै छ
कुन रातमा आंखा चिम्ली
निदाउछौ तिमि ?
तिमीलाई र मलाई उठाउने
बिहानी एउटै छ
कुन फुलको बास्ना मग्मगाउछ
तिम्रो आँगनमा ?
तिम्रो र मेरो सुगन्धको
आनुभव एउटै छ
कुन धर्तिको कोखबाट जन्म
लीयौ तिमीले
तिम्रो र मेरो शारीरमा
बग्ने रगत एउटै छ
प्रगतिको कुन शिखरमा पाइला
राख्यौ तिमीले ?
तिमि र म पुग्नुपर्न
गन्तब्य एउटै छ
तिमि र म पुग्नुपर्न
गन्तब्य एउटै छ |
Comments
Post a Comment