जब यथार्थको नदिमा डुबुल्की लगाएका शब्दहरु अर्थ र आसय तप-तप चुहाउँदै
कागजको किनारै किनारा हिड्छन् तब हरेक थोपा शब्द एउटा लत्तपत्त जिवन बन्छ |
एकैछिन् स्वंलाई भुलेर भावनाको गाहीराहीमा उभीएर हेर्नुपर्छ, ती शब्दले
सास फेरीरहे झैँ लाग्छ | गाइनेले बडो प्रेमसंग रेटेपछि जसरि सारंगी चोट सहन
नसकी र्येइर्येइ मिठा भाकामा रुन थाल्छ, ठिक उसैगरि कुनै बीयोगान्त
घटनालाई पनि शब्दमार्फत प्रस्तुत गर्योभने एउटा सुक्ष्म चोटआभास तरंगित
भएर पृथक कीसीमको अनुभूति प्रधान गर्छ | “सडकमा थुरथुर कमिरहेको भोको,नाङ्गो,
आपंगा बालकको सरिरमा पूर्व आकाशबाट उदाउँदै गरेको पहिलो आभाको स्पर्स
पर्यो ” भन्दा मानबताका अणूहरु एकैछिनका लागि प्यारालाइजड् हुन्छन् | दया,
माया, करुणा भन्दापनि पहिले मनमा अनौठो आनन्द अंकुराउँछ | पढ्नेका आँखाबाट
जे बग्छ त्यो आँसु हैन भावनामिश्रित पानी हुन्छन् | मह खाएर निलीसक्दा पनि
मुखमा खेलीरहेने गुलियो जस्तै शब्द सकीएर पनि कहिल्यै सकिदैन |
हरेक शब्दको प्रथम धर्सा कागजमा कोरिन्छ भने आन्तिम
धर्साको बिन्दु आनन्ततामा कतै बीलीन भएको हुन्छ | शब्दको आफ्नै लाइफ साइकल
छ | शब्दको समाप्ति अर्थ हुन्छ, जहाँ अर्थ सकिन्छ त्यहाँ बाट आसय सुरु
हुन्छ, आसयले अनेक विचार र भावनालाई जन्म दिन्छ | अनि जब ती विचार र
भावनाहरु कुनै मस्तिस्कबाट खरीएर खस्छन्, उही शब्दकै अवशेषमा परिणत हुने न
हुन् | त्यसैले शब्द केहिल्यै मर्दैन |
कहिलेकहिँ लाग्छ की म पनि एउटा शब्द हुँ | कसैले मलाईपनि लेखिदीए सायद समयको पानामा मेरो अस्तित्व पनि अमर रहन्थ्यो की ? मेरो ओठमा फुलेको बालसुलाव हाँसो, मुखबाट फुटेको पहिलो बोलि, वा ताते. . .ताते .. भन्दै आमाले हिँड्न सिकाउनु भएको त्यो क्षणलाई कसैले जिवान्त कोरीदीए, सायद म आफैभित्र फेरी एउटा शौशव बाँच्थेकी ?

Comments
Post a Comment