अनायासै आज मनले बग्ने इच्छा गर्यो | धेरै
राम्रो त हैनन्, बर्सौदेखि मनभित्र पोल्टोबॉधेर राखेका केहि टुटे फुटेका,
नॅया पुराना भावनाहरुलाई शब्दको डुंगा चडाएर यो कोरा कागजमा बगाउदै छु |
कुरा काठमाडौँको छ | बोलिमा आलिकिती असिस्टता त ल्याउनै पर्यो | सिस्टताको
क्यानभासमा ब्यभीचारि काठमाडौँलाई उतार्न सकिदैन | तधापी केहि शब्दका अर्थ र
बाक्यका आसयले नैताकताको सिमरेखा नाघेमा माफी चाहान्छु |
आंधेरोले
रातभर बलात्कार गरेपछि बीहानै नेपालको कोखबाट खस्छ एउटा नाजायज सहर,
काठमाडौँ | यो सहरलाई मेरो हो भनेर हक जताउन आउने कोहि छैनन् | सबै जातको
फुलबारी यो सहर सपनाको साझा चिहान जस्तो भएको छ | मान्छे चैनसंग निदाउन
सक्दैन यहाँ | माटोमुनिको खुम्रेकिराझैँ रातभर मानवसरिर चलमलाई रहन्छ |
यहाँ सपना देख्ने मान्छेसंग निन्द्रा झस्किएर भाग्छ | किन नाभागोस त,
बिचित्रका हुन्छन यहाँ मान्छेका सपनाहरु पनि ; रत्नपार्कबाट टेम्पु चढेर
अम्रिका जाने सपना, आठ हजारको जागिरले काठमाडौँमा घर बनाउने सपना, क्रान्ति
गरेर शान्ति ल्याउने सपना, यस्ता बेफ्वॉकका सपनालाई निन्द्राले कति थेग्न
सक्छ र ?
नेपालका उचाईदेखी झरेका प्रज्वाल्लित सपनाहरु यहि
खाल्डोमा आएर निभ्छन, पहाडको सङलो जवानी, जसलाई पीउन कयौ ओठहरु तिर्खौउथे
तिनै जवानीहरु आज यहाँ आएर नसालु भएका छन्, जसको तिर्खा हैंन लत लाग्छ |
समाजको आँखा छलेर आरु र नास्पातीका बोटे चड्ने सपनाहरु यहाँ आएर गल्लि
गल्लिमा चिलिमभरि बचपन उडाउछन् | कस्तो बिरामी सहर हो यो ? महारोगीको घाउ
उक्कीएर निस्केको कालो पाप्रोजस्तो बेकारको छ यो सहरको अस्तीत्व | यो सहरले
त कुकुर र मान्छेको बीचको भिन्नता पनि पुच्छर नै मात्र हो जस्तो बनाएको छ |
कम न काज लखर लखर हिड्ने बेरोजगार कर्णधारहरु, खल्तीमा ग्वाम्म पैसा भएपछि
ठमेलका डान्स बारहरुमा बाह्रै महिना कार्तिक मनाउने श्रीमानहरु, चारखुट्टे
कुर्सिको एक एक सॉप्रा लुछ्न तम्तयार नेताहरु, हरेक राजनीतिक सम्मलेनमा
जवान छोराको भविष्य बलि चड्दा- फेसन इन्ड्रस्ट्रीले छोरिको आस्मिता सालेआम
बीचबजार लिलाम गर्दा पनि चुपचाप जिन्दगी तापीरहेने आभीभावकहरु, के कम छन्
कुकुर भन्दा ? मात्र एउटा पुच्छर भएकोभए स्वाभिमानले गीज्याउने थीएन,
आत्माग्लानीले घॉटी न्याक्ने थीएन | यो कुकुरपन मान्छेको भित्रबाट खरीएर
आएको चरित्र हैन, यो त काठमाडौँको देन हो |
यहाँ आएपछि आमाहरु, आमा
कम म्याडाम ज्यादा हुन्छन, श्रीमानहरु, श्रीमान कम क्लाइंन्ट ज्यादा
हुन्छन | बिहानै नित्यकर्म गरेर घरबाट निस्केका श्रीमनहरु साँझामात्र घर
फिरछन् , रात्रीकर्म गर्न | बीहे गर्दा जीवनभर साथ दिन्छु भनेर कसम खाएका
श्रीमानहरुलाई रातभरमा मात्र सिमित गरिदीयो काठमाडौँ ले | दिनभर अनाथझैँ
बोतल चुसीबस्ने बच्चाहरुको ओठले साँझा आमा आएपछि मात्र निमेषभरको अमृत
स्पर्स पाउँछ | कुनैबेला मातृतव रसाउने ती आँखाहरुमा महत्वकांक्ष्याको
कालो गाजल लागाइदीयो काठमाडौँ ले |
काठमाडौँलाई चिन्न त मध्यरातमा झ्यालबाट घित्रो बाहिर ननिकाली चीहाउनु पर्छ, काठमाडौँको चर्तिकला छर्लंङगै देखिन्छ | मैले धेरै नजिकबाट काठमाडौँलाई देखेको एउटा दृष्य : पुषको चिसो साँझ ओइलाएर गोधुलीको पछाडी लुक्ने तरखरमा थीयो, प्रकृतिको रहरलाग्दो जवानीमा आफ्ना काला नजरले डाम्न उत्तेजित रात साझ डुब्ने पर्खाईमा ब्याकुल देखिन्थ्यो, एकजोडी उम्लिएका मनहरु नेपाल कला परिसदको पर्खालमुनि आफ्नो बैंस सेलाउनमै मग्न थीए, मन्ध उज्यालोमा मत्तीएको आकाश आफ्नो सर्वाङ्ग नाङ्गो शरिर धर्तिलाई प्रदर्सन गरिरहेथ्यो | जुनको उज्जालोमा काठमाडौँलाई रतन्दो लागेको हुन्छ, नैतीकता धमिलिन्छ, अनि आन्धरोमा समयको आँखा छलेर धर्ति, आकाश, मानवता, सबै रसलिला मनाउॅछन् आ-आफ्ना काल उधेस्यहरु पुरा गर्छन |
अचेल काठमाडौँमा मुसा आउदैनन्, भंगेरापनि बिरलै देखिन्छन्
किनके काठमाडौँ अब मान्छेमात्रको एकलौटी सहर भएको छ | अथवा भनौ बेस्या झैँ
भएको छ, आसङख्य अभयस्त सरीरहरु यहाँ संघर्स गरेर सिथिल भएपछि मात्र दुवाइ,
कतार तिर लाग्छन् | एक हिसाबले भन्नु पर्दा नेपाली युवाहरुको जिन्दगीको
ट्रान्जिट पोइन्ट हो काठमाडौँ, केहि समय यहाँ थामीएर मात्रै जनता
बीदेसिन्छन् |
भक्तहरुले सरापेको पुरानो मन्दिरको घन्टीजस्तो,
प्यारालाईसीसले थलीएको अपाङग भैसी जस्तो, नशाले मातीएर टुन्न गरिरहेको
जड्याको टाउको भित्रको आवाज जस्तो; चक्कमन्न, सुनसान, आहटहिन काठमाडौँ |
जेजस्तो भएपनि यसलाई म अपनाउन तयार छु | यो मेरो काठमाडौँ |
Comments
Post a Comment